मकवानपुर र कैलालीमा ठूलो परिमाणमा लागु औषधसहित सात जना पक्राउ

संवाददाता
संवाददाता

मकवानपुर र कैलाली जिल्लामा प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित सात जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर र धनगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा दुई छुट्टाछुट्टै कारबाहीमा १,०७४ किलोग्राम गाँजा र २.७ किलोग्राम अफिम बरामद गरेको हो।

मकवानपुरमा १,०७४ किलो गाँजा बरामद मिति २०८२ असार १६ गते बिहान ८:०० बजे मकवानपुरको कैलाश गाउँपालिका–५, कटहरे, पोखरीस्थित एक घरमा ठूलो परिमाणमा गाँजा सञ्चय गरेको सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। उक्त कारबाहीमा १,०७४ किलोग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा:हरी बहादुर वाइवा (७३ वर्ष, कैलाश गा.पा.–५, कटहरे)बुद्धि बहादुर पाख्रिन उर्फ बद्री बहादुर पाख्रिन (४८ वर्ष, सोही ठेगाना)अरुण गोले (३४ वर्ष, कैलाश गा.पा.–५, पोखरी)राजेन्द्र लामा (१९ वर्ष, सोही ठेगाना)पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरमा बुझाइएको छ।

कैलालीमा २.७ किलो अफिम बरामद
त्यस्तै, सोही दिन बेलुका ६:०० बजे कैलालीको घोडाघोडी नगरपालिका–१ मा लागु औषध नियन्त्रण ब्यूरो धनगढीको टोलीले २.७ किलोग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा:लोकेन्द्र शाही (३४ वर्ष, हुम्ला, सार्किघाट गा.पा.–५)शालु शाही (२७ वर्ष, सोही ठेगाना)पूर्णिमा पुन मगर (३२ वर्ष, रोल्पा, सुनछहरी गा.पा.–३)पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सुक्खड, कैलालीमा बुझाइएको छ।

कानुनी कारबाही
पक्राउ परेका सातै जनामाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (सह-प्रवक्ता) जीवन निरौलाले जानकारी दिए। लागु औषधको अवैध कारोबारविरुद्ध प्रहरीको सक्रियता बढ्दै गएको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने उनले बताए।

स्रोत: नेपाल प्रहरी, लागु औषध नियन्त्रण ब्यूरो

Leave a Comment

सम्बन्धित खबर