
नेपालगञ्ज, १७ असार २०८२ – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ऐतिहासिक सरस्वती संगीतालयलाई संगीतप्रेमीहरूको सुविधाका लागि महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको छ। सोमबार मेयर विष्टले संगीतालयलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभयो।

उक्त सहयोगअन्तर्गत संगीतालयलाई ४ वटा र्याक दराज, २२ वटा कुर्सी, २ वटा ठूला टेबल, ४ वटा साना टेबल, १ वटा अफिस दराज र ४३.७ मिटर कार्पेट प्रदान गरिएको छ। यी सामग्रीहरूले संगीतालयको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र संगीत सिक्ने वातावरणलाई सहज बनाउने अपेक्षा गरिएको छ।
मेयर विष्टले संगीत र कला संरक्षणमा उपमहानगरपालिकाको प्रतिबद्धता रहेको बताउँदै सरस्वती संगीतालयले नेपालगञ्जको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उनले भने, “संगीतप्रेमीहरूको लागि यो सानो सहयोगले उनीहरूको सृजनशीलतालाई प्रोत्साहन गर्नेछ र संगीतालयको ऐतिहासिक महत्वलाई थप उजागर गर्नेछ।
“संगीतालयका संचालकहरूले मेयर विष्ट र उपमहानगरपालिकाको यो सहयोगप्रति आभार प्रकट गर्दै यस्ता सहयोगले संगीत शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कलाकार श्यामानन्द सिंह ठकुरीले बताए। यो सहयोगले स्थानीय संगीतप्रेमीहरू र विद्यार्थीहरूलाई उत्साह थपिएको छ।
संगीतालयको अध्यक्ष बिरेन्द्र यादवका अनुसार यो पहलले नेपालगञ्जको सांस्कृतिक र शैक्षिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको बताए ।
