
नेपालगन्ज, २०८२ असार १७ – नेपालगन्ज सुनचाँदी व्यवसायी संघ, बाँकेको यही असार १७ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार अनिश्चितकालीन बन्द र रिले अनसनको घोषणा गरेको छ। संघले जारी गरेको सूचनाअनुसार, बन्दको अवधिमा पसल भित्र खरिद–बिक्री गरेको पाइएमा कडा कारबाही गरिने भनिएको छ।

पहिलो पटक नियम उल्लंघन गरेमा ११,०००/- (एघार हजार) रुपैयाँ, दोस्रो पटक ३१,०००/- (एक्तिस हजार) रुपैयाँ जरिवाना तोकिएको छ भने तेस्रो पटक उल्लंघन गरेमा संघको सदस्यता खारेज गरिने सूचनामा उल्लेख छ।
यसैगरी, व्यवसायीहरूको हकहित संरक्षणका लागि मिति २०८२ असार १८ गतेदेखि रिले अनसन कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम नेपालगन्जको सदरलाइनस्थित न्यू टण्डन ज्वैलर्सको ठीक अगाडी टेन्ट खडा गरिएको स्थानमा हुने भएको छ। संघका अध्यक्ष सप्लाउद्दीन जसगढले सम्पूर्ण सदस्यहरूलाई रिले अनसनमा सहभागी हुन आह्वान गरेका छन।
