
रिपोर्ट: सन्तोष शुक्ल
रूपईडीहा, बहराइच, भारत-नेपाल सीमा -सीमावर्ती नगर पञ्चायत रूपईडीहामा २५ वर्षपछि व्यापारीहरूको मतदानबाट चुनाव हुँदैछ, जसले उम्मेदवारहरूको मुटुको धड्कन बढाएको छ।
माघ ४ गते,जनवरी १८ मा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म मतदान हुने बताइएको छ।सीमावर्ती नगर पञ्चायत रूपईडीहा उद्योग व्यापार प्रतिनिधि मण्डल शाखा रूपईडीहाको चुनावको तयारी अन्तिम चरणमा पुगेको छ।
सबै तयारीहरू पूरा भइरहेका छन्। बजाजा लाइनस्थित सिंह मार्केटमा मतदान हुनेछ।
२८ प्रत्याशीहरूको भाग्यको फैसला ८३६ व्यापारीहरूले गर्नेछन्।
पाँच सदस्यीय चुनाव प्रबन्ध समितिद्वारा चुनाव सम्पन्न गराइने छ। सञ्जय बसंल, शकील अहमद, विवेक शुक्ला एड्भोकेट, मनीराम शर्मा, दिवाकर पाठकको निगरानीमा चुनाव हुँदैछ।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ सदस्यहरूको चुनाव हुनेछ।
अध्यक्ष पदका लागि दुई उम्मेदवारहरू आमने-सामने छन्: शैलेश जयसवाल र योगेन्द्र शर्मा बीच कडा प्रतिस्पर्धा रहेको बताए ।यस्तै महासचिव पदमा दुई उम्मेदवारहरू छन्: सन्तोष अग्रवाल र शाहिद हाशमी।
कोषाध्यक्ष पदका उम्मेदवारहरू अमित कौशल र गुलाम वारिस रहेको छन्।
यसैगरी शान्तिपूर्ण चुनावका लागि एसडीएम नानपारा र स्थानीय प्रहरीलाई सूचना दिइसकिएको छ।२५ वर्षपछि मतपत्रबाट चुनाव हुँदा व्यापारीहरूमा खुसीको लहर छ र निकै उत्साह देखिएको बताइएको छ।
यस्तै हाल रूपईडीहामा दुई व्यापार मण्डलहरू छन्। एउटाको नाम उत्तर प्रदेश उद्योग व्यापार मण्डल हो भने अर्कोको नाम उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डल हो।
उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डलले आफ्नो चुनाव गरिरहेको छ। तर उत्तर प्रदेश उद्योग व्यापार मण्डलका पदाधिकारीहरूले भने आफ्ना सदस्यहरूको पसलहरू पहिलेकै जस्तै नियमित रूपमा खुला राख्ने बताएका छन्।
उत्तर प्रदेश उद्योग व्यापार मण्डलका अध्यक्ष अनिल अग्रवाल, कोषाध्यक्ष बलराम मिश्रा, संरक्षक विजय मित्तल र रतन अग्रवाल, उपाध्यक्षहरू कन्हैया वर्मा, हाजी अब्दुल रहीम, सुभाष चन्द्र जैन र निर्मल अग्रवालले जानकारी दिएका छन् कि उनीहरूको संगठनका पदाधिकारी तथा सदस्यहरूको पसलहरू पहिलेकै जस्तै खुला रहने बताएका छन् ।





