जाडो यामको मौसम : नेपालगञ्जमा चिसो र कुहिरोको प्रभुत्व

संवाददाता
संवाददाता

नेपालगञ्ज, ४ पुस २०८२ । तराईको प्रमुख शहर नेपालगञ्जमा जाडो मौसम सामान्यतया मंसिरको अन्त्यदेखि फागुनको अन्त्यसम्म चल्ने गर्दछ । यो अवधिमा डिसेम्बर र जनवरी सबैभन्दा चिसो महिना मानिन्छन् ।


मौसम विज्ञानका अनुसार, नेपालगञ्जमा जाडोयाममा दिनको समयमा हल्का घाम लाग्ने भए पनि राति र बिहानको समयमा चिसो बढ्ने तथा कुहिरो (हुस्सु) लाग्ने गर्दछ । जनवरी महिनामा औसत न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अधिकतम २०–२१ डिग्री सेल्सियस रहने गर्दछ भने डिसेम्बरमा न्यूनतम १०–११ डिग्री सेल्सियससम्म झर्ने गर्दछ । कहिलेकाहीँ चिसो लहर (कोल्ड वेभ) का कारण तापक्रम ५ डिग्रीभन्दा तल पनि पुग्न सक्छ र इतिहासमा ० डिग्रीसम्म झरेको रेकर्ड छ । यस्तो अवस्थामा न्यानो लुगा लगाउन आवश्यक हुन्छ बताएका छन् ।

नेपालगञ्ज तराई क्षेत्रमा पर्ने भएकाले यहाँ पहाडी तथा हिमाली क्षेत्रजस्तो हिउँ पर्दैन । तर चिसो हावा, बाक्लो कुहिरो र हुस्सुले जाडोको अनुभूति तीव्र बनाउँछ । कुहिरो विशेषगरी नोभेम्बरदेखि फेब्रुअरीसम्म बिहान र राति लाग्ने गर्दछ, जसले दैनिक जीवन, यातायात र उडानमा समेत असर पार्ने गरेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराईमा जाडोयाम सुक्खा हुने भए पनि चिसो लहर र कुहिरोका कारण सतर्कता अपनाउनुपर्ने बताइएको छ । चिसोबाट बच्न न्यानो लुगा, आगो ताप्ने व्यवस्था र स्वास्थ्य सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

Leave a Comment

सम्बन्धित खबर