‘लडाइँ नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ’ : दुर्गा प्रसाईँ

संवाददाता
संवाददाता

काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत सङ्ग्रहमा जान आग्रह गरेका छन्।

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत सङ्ग्रहमा जान आग्रह गरेका हुन्। उनले लडाइँ नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए।

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरूका मागप्रति सकारात्मक रहेको बताए।

आफूहरूका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको उनको भनाई थियो। यदि सरकारले आफूहरूका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए।

प्रसाईँले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत सङ्ग्रहमा जाऔँ भनेका छौँ। ल तपाईँहरू लडाइँ चाहनु हुँदैन भने जनमत सङ्ग्रहमा जाऔँ। हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ। मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरूको माग छ। नेपाल टुक्राउँ भन्ने माग छैन। गृहमन्त्री पोजेटिभ हुनुहुन्छ। म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु। माग पूरा नभए आन्दोलन छँदै छ नि। चित्त नबुझ्नेले आन्दोलन गर्ने हो। यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौँ।’

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर