
नेपालगञ्ज, १४ मंसिर २०८२
बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ (सुर्जीगाउँ) बस्ने आइतबार हराएका ४ वर्षीय बालक नुर आलम वेहना आज दिउँसो सकुशल फेला परेका छन्। उनलाई परिवारको जिम्मा लगाइएको छ।

वडा प्रहरी कार्यालय बाँके अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ (सुर्जीगाउँ) बस्ने मोहम्मद सागिर वेहनाका छोरा नुर आलम आज दिउँसो करिब १:४० बजे घरबाट हराएका थिए।
हराएको करिब डेढ घण्टापछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ सल्यानी बंगला क्षेत्रमा स्थानीय बासिन्दाको सहयोगमा बालक फेला परेका हुन्। प्रहरी र स्थानीयले खोजी गरेपछि बालकलाई सकुशल अवस्थामा भेट्टाइएको थियो।
बालकलाई प्रहरी टोलीले बाबु मोहम्मद सागिर वेहनाको जिम्मा लगाएको वडा प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक शेखर खड्काले जनाएका छन् ।
बालक सकुशल फेला परेपछि परिवारजनले प्रहरी र सहयोग गर्ने स्थानीयलाई धन्यवाद दिएका छन्।

