
नेपालगन्ज , बाँके | २०८२ कार्तिक १८
सशक्तीकरण तथा सामाजिक रूपान्तरणका लागि सहजीकरण (FEST Foundation) को अवधारणामा काम गर्दै आएको सहकर्मी समाजले जर्मन विकास सहयोग संस्था GIZ को साझेदारीमा बाँके, कपिलवस्तु र प्यूठानका युवाहरूका लागि १२ दिने आवासीय आधारभूत तालिमको आवेदन खुला गरेको छ।


यस्तै यो तालिम नेपालगञ्ज उपमहानगरपालिका (बाँके), विजयनगर गाउँपालिका (कपिलवस्तु) र झिमरुक गाउँपालिका (प्यूठान) का २०–३० वर्ष उमेर समूहका युवाहरूका लागि लक्षित छ। सहकर्मी समाजको कोहलपुर–१०, राजहेना रोडस्थित शक्ति तालिम तथा अनुसन्धान केन्द्रमा आवासीय रूपमा सञ्चालन हुने तालिमले समावेशी तथा जवाफदेही स्वास्थ्य सेवा प्रवर्द्धन गर्न युवाहरूलाई नेतृत्वकर्ता बनाउने उद्देश्य राखेको छ।

मुख्य उद्देश्यहरू:
महिला, बालबालिका, मजदुर, विपन्न र सिमान्तकृत समुदायको स्वास्थ्यमा गुणस्तर वृद्धि !
योग्यता मापदण्ड:
कम्तीमा कक्षा १२ उत्तीर्ण (स्नातक स्तरलाई प्राथमिकता)
सामुदायिक परिचालनमा रुचि/अनुभव
१२ दिन पूर्णकालिक सहभागिता गर्न सक्ने
स्थानीय बासिन्दा (तीन पालिकामध्ये एक)
महिला, दलित, जनजाति तथा विपन्नलाई विशेष प्रोत्साहन !

आवेदन प्रक्रिया:
आवेदकले बायोडाटासँगै प्रश्न–१ को दुई पृष्ठभित्रको मौलिक जवाफ संलग्न गरी २०८२ कार्तिक २५ गते साँझ ५ बजेभित्र पठाउनुपर्नेछ।
प्रश्न:
“तपाईंको पालिकामा स्थानीयको स्वास्थ्य अवस्था कस्तो छ? महिला, मजदुर, विपन्न र बालबालिकाको स्वास्थ्य सुधारमा समुदायको भूमिका कस्तो हुनुपर्छ?”
पठाउने ठेगाना:
📧 sahakarmisamaj.org@gmail.com
📱 WhatsApp: ९७६२५२९४८८
प्रारम्भिक छनोटमा परेकालाई मात्र तालिममा बोलाइने समाजका कार्यकारी निर्देशक अम्मरबहादुर ऐरले जानकारी दिनुभयो।

सहकर्मी समाज १९९७ देखि सुर्खेत र बाँकेमा स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा सक्रिय छ। GIZ सँगको यो साझेदारीले स्थानीय युवालाई स्वास्थ्य अधिकारको पैरवीकर्ता बनाउने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि:
☎ ०८१–५४००९९ / ५४०९९९
🌐 www.sahakarmisamaj.org
