देवउठनी एकादशीका दिन मनाउने तुलसी विवाहको पौराणिक कथा

संवाददाता
संवाददाता

नेपालगन्ज, १३ कार्तिक २०८२ – हिन्दू धर्मावलम्बीहरूले हरेक वर्ष देवउठनी एकादशीका दिन मनाउने तुलसी विवाहको पौराणिक कथा वृंदा र दैत्यराज जलंधरसँग जोडिएको छ।

त्रिभुवन चोक नेपालगन्जमा रहेको शिवालय, बालाजी मन्दिरका पुजारी श्रीकान्त मिश्रको अनुसार यो कथा भागवत पुराण, पद्म पुराण र अन्य वैदिक ग्रन्थहरूमा उल्लेखित छ, जसलाई धार्मिक विद्वानहरूले भक्ति, छल र दिव्य मिलनको प्रतीक मान्छन्। तुलसी माताको शालिग्राम (विष्णुको पत्थर स्वरूप) सँग विवाह गराउने परम्पराको रहस्य यही कथामा लुकेको छ।

पुजारी श्रीकान्त मिश्र, त्रिभुवन चोक,नेपालगन्ज 

कथाको विस्तृत विवरण
एक समय दैत्यराज कालनेमिकी छोरी वृंदा भगवान विष्णुकी परम भक्त थिइन्। ठूली भएपछि उनको विवाह समुद्रबाट उत्पन्न जलंधरसँग भयो। वृंदाको पतिव्रत धर्म र विष्णु भक्तिका कारण जलंधर अजेय बने। उनले देवताहरूमाथि अत्याचार बढाएपछि सबै देवता विष्णु कहाँ पुगे।


भगवान विष्णुले जलंधरको रूप धारण गरी छलपूर्वक वृंदाको सतीत्व भंग गरे। यसले जलंधरको शक्ति घट्यो र युद्धमा उनी मारिए। सत्य थाहा पाएकी वृंदाले क्रोधित भई विष्णुलाई पत्थर (शालिग्राम) बन्ने श्राप दिइन्। देवताहरूको अनुरोधमा वृंदाले श्राप फिर्ता लिइन् र आफैं सती भइन्।

वृंदाको भस्म भएको ठाउँमा तुलसीको बिरुवा उम्रियो। विष्णुले भने, “तिमी मलाई महालक्ष्मीभन्दा प्रिय भयौ। अब तुलसी रूपमा मेरो साथ रहनेछु।” पश्चातापस्वरूप विष्णु शालिग्राम बने र कार्तिक शुक्ल एकादशीमा तुलसीसँग विवाहको वरदान दिए।

परम्परा र सन्देश
हरेक वर्ष देवउठनी एकादशी (यो वर्ष कार्तिक १५, नोभेम्बर १, २०२५) मा तुलसी–शालिग्राम विवाह गराइन्छ। यसले कन्यादानको पुण्य दिन्छ। कथाले भक्ति, त्याग र पवित्रताको सन्देश दिन्छ। नेपाल र भारतका मन्दिरहरूमा यो उत्सव धुमधामसँग मनाइन्छ।

Leave a Comment

सम्बन्धित खबर