जेनजीलाई एकताबद्ध गर्न प्रधानमन्त्रीसँग जेनजी युनाइटेड प्रतिनिधिको आग्रह

संवाददाता
संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइटेड फर चेन्ज’ का प्रतिनिधिहरूले मंगलबार सिंहदरबारमा भेट गरी छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्की र नौ सदस्यीय प्रतिनिधिमण्डलबीच भएको छलफलमा जेनजी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरू समेत सहभागी थिए ।

प्रतिनिधिहरूले जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारको पहल आवश्यक रहेको भन्दै प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

‘जेनजी विद्रोहबाट जन्मिएको सरकारले नै अब अभिभावकको भूमिका निभाउनुपर्छ भन्ने उनीहरूको माग थियो,’ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले सरकारका तर्फबाट सकेसम्मको पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

स्रोत : दृष्टि न्युज

Leave a Comment

सम्बन्धित खबर