
नेपालगन्ज, ७ असोज २०८२ – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघ, बाँके शाखा नेपालगन्जका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर २ लाख २२ हजार ७ सय पुगेर ऐतिहासिक कीर्तिमान कायम भएको छ।


न्युरोड ,नेपालगन्जमा रहेको अमन ज्वैलर्सको प्रोप्राइटर तथा लुम्बिनी प्रदेश सदस्य एवं नेपाल सुन-चाँदी व्यवसायी महासंघ, बाँके शाखा, नेपालगन्जको सह – कोषाध्यक्ष: मोहम्मद हाशिम अन्सारीको अनुसार आज सुन प्रतितोला २ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख १८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको बताए ।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघ, बाँके शाखा, नेपालगन्जका अनुसार आज मंगलबार प्रतितोला चाँदी २ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ६८० रुपैयाँ रहेको थियो।

यो मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा कच्चा सुन र चाँदीको मूल्यमा आएको उतारचढावका कारण भएको व्यवसायीहरूले बताएका छन्। बजारमा माग र आपूर्तिको अवस्थाले पनि मूल्यमा प्रभाव पारेको उनीहरूको भनाइ छ।

स्रोत: नेपाल सुन-चाँदी व्यवसायी महासंघ, बाँके शाखा, नेपालगन्ज।
आजको …
हिजोको…
