
जेनजी आन्दोलनका घाइतेहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जगत विकलाई प्रस्ताव गरेका छन्।

आज आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाउन गएका जेनजी आन्दोलनका घाइतेले कैलालीको लम्किचुवा नगरपालिका-६ चैनपुरका डा जगत विकलाई स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्।
मन्त्री छनोटमा आन्दोलनका मृतक र घाइतेका परिवारसँग कुनै छलफल नगरेको भन्दै असन्तुष्ट बढिरहेको छ।
उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङको भूमिका माथि पनि प्रश्न उठाएका छन्।
स्रोत : नेपालखबर
