नेपाली सेनाले भन्यो: भ्रामक र झुटा सूचनामा विश्वास नगरौँ,सेनाले ८ वटा पृतना हेडक्वार्टरका मोवाइल नम्बरसहितको विवरण सार्जजनिक गर्दै यस्तो आग्रह गरेको हो

संवाददाता
संवाददाता

नेपाली सेनाले नेपालको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नर्ग आम नागरिकमा अनुरोध गरेको छ।

जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार बिहान सूचना जारी गर्दै भनेको छ, ‘विद्यामान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धाराणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ।’

सेनाले सूचना आदान प्रदानको लागि जनसम्पर्ककाे लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ।

सेनाले ८ वटा पृतना हेडक्वार्टरका मोवाइल नम्बरसहितको विवरण सार्जजनिक गर्दै यस्तो आग्रह गरेको हो।

हेर्नुहाेस् नेपाली सेनाले जारी गरेकाे सूचना 

Leave a Comment

सम्बन्धित खबर