
नेपालगन्ज, १७ साउन २०८२ – सावनको पवित्र महिनामा उपमहानगरपालिका नेपालगन्जको त्रिभुवन चोकमा रहेको संगमरमरी शिवालयमा शुक्रबार देखि शुरूवात भएको रुद्राभिषेक शनिबारसम्म चलिरहेको थियो, यसैगरी त्रिवेणी मोड, बाकेगाउँको शिवपुरी लगायत जिल्लाको विभिन्न शिवालयहरुमा भजन किर्तन, रुद्राभिषेक चलिरहेको स्थानीय भक्त सुरेश सोनी बताए। जुन भगवान शिवको आराधनाको लागि विशेष मानिन्छ। यो महिनामा शिव भक्तहरूले शिवलिंगमा जल, दूध, घी, मह र गंगाजल चढाएर रुद्राभिषेक गरी आफ्ना आराध्य भोलेनाथलाई प्रसन्न गर्ने गर्छन्। धार्मिक मान्यता अनुसार, रुद्राभिषेकले भगवान शिव प्रसन्न भई भक्तहरूको सबै मनोकामना पूरा गर्नुहुन्छ।

सावन महिनामा विशेष गरी प्रत्येक सोमबार रुद्राभिषेक गर्ने परम्परा रहेको छ। यसबाहेक, सावनको पूर्णिमा र प्रदोष तिथिमा पनि रुद्राभिषेकको विशेष महत्व छ। यी दिनहरूमा विधि-विधानपूर्वक ब्राह्मणद्वारा रुद्राभिषेक गराउँदा भक्तहरूले विशेष फल प्राप्त गर्ने विश्वास गरिन्छ।
हिन्दू धर्मग्रन्थहरू र पण्डितहरूका अनुसार, सावन महिनामा शिवलिंगको अभिषेकले मन, वचन र कर्मले शुद्धता प्राप्त हुन्छ। साथै, यो कार्यले जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
यस वर्ष सावन महिनामा देशभरका शिव मन्दिरहरूमा भक्तहरूको भीड लाग्ने गरेको छ। विशेष गरी पशुपतिनाथ मन्दिर, डोलेश्वर महादेव, र गोकर्णेश्वर जस्ता तीर्थस्थलहरूमा रुद्राभिषेकका लागि विशेष व्यवस्था गरिएको हुन्छ।
भक्तहरूले यो पवित्र महिनामा भगवान शिवको कृपा प्राप्त गर्न रुद्राभिषेकसहित व्रत र पूजा-पाठमा सक्रिय सहभागिता जनाइरहेका छन्।
