
१७ साउन २०८२

दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१८ नवलपुरमा १६ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय सन्तोष वली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, पीडित पक्षको जाहेरीका आधारमा प्रहरी टोलीले वलीलाई बिहीबार राति नियन्त्रणमा लिएको हो। पीडित किशोरीले दिएको उजुरीपछि तत्काल अनुसन्धान सुरु गरिएको र सोही क्रममा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान जारी रहेको र पीडित किशोरीलाई स्वास्थ्य परीक्षण तथा संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
