लायन्स क्लब अफ नेपालगन्ज युथद्वारा श्री अरुण आधारभूत विद्यालयमा वृहत् वृक्षारोपण

संवाददाता
संवाददाता

नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज युथले बिहीबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३, उमराव सिंह पूर्वास्थित श्री अरुण आधारभूत विद्यालयमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आयोजकका अनुसार कार्यक्रममा विभिन्न प्रजातिका ३० भन्दा बढी बिरुवा रोपिएका छन्।

विद्यालयकी प्रधानाध्यापिका खेम कुमारी भण्डारीले विद्यालयमा कक्षा १ देखि ७ सम्म ३५० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै लायन्स क्लबको यो पहलप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रममार्फत विद्यालयलाई सहयोग प्राप्त हुने अपेक्षा राखिन्।

कार्यक्रममा विद्यालयका अध्यक्ष आनन्द कुमार श्रीवास्तव (सञ्जय कुमार), पाठक भूसेवा तथा परामर्श केन्द्रका प्रबन्धक जगदम्बा पाठक, जोन अध्यक्ष – सरोज कुमार चौधरी, क्षेत्रीय अध्यक्ष – बिन्दु चार्ती मगर, क्षेत्रीय प्रमुख – पुष्कर खड्का, क्लब अध्यक्ष – शुभम पाठक
क्लब प्रथम उपाध्यक्ष – पूर्ण राज श्रेष्ठ (विजय)
क्लब सदस्य/पूर्व अध्यक्षहरू – जगदम्बा पाठक, विवेक कुमार श्रेष्ठ, दीपक चेम्जोङ, सुन्दर गुरुङलायन्स क्लब अफ नेपालगन्ज युथका पदाधिकारीलगायतको सहभागिता थियो।

क्लबका अध्यक्ष शुभम पाठकले विद्यालयमा खेलकुद र शैक्षिक सामग्रीको अभावजस्ता कमजोरी देखिएको उल्लेख गर्दै चारवटा क्लबको सहकार्यमा यस्ता समस्यालाई सम्बोधन गर्न पहल गरिने बताए। उनले वृक्षारोपण कार्यक्रममा सहयोग पुर्‍याउने विद्यालय परिवारप्रति आभार व्यक्त गरे।

यो कार्यक्रमले वातावरण संरक्षणसँगै विद्यालयको शैक्षिक र भौतिक विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Leave a Comment

सम्बन्धित खबर