उत्तर प्रदेशीय अपराध निरोधक समितिले नवनियुक्त जिल्ला अधिकारीसँग शिष्टाचार भेटवार्ता, फूलको गुच्छा प्रदान गरी सम्मानित

संवाददाता
संवाददाता

नेपालगन्ज / रुपईडिहा, सन्तोष शुक्ला

बहराइच। उत्तर प्रदेशीय अपराध निरोधक समिति, लखनऊका अध्यक्ष कमलेश श्रीवास्तवको निर्देशनमा शुक्रबार बहराइचमा समितिको टोलीले नवनियुक्त जिल्ला अधिकारी अक्षय त्रिपाठीसँग शिष्टाचार भेटवार्ता गरेको छ।

यस अवसरमा समितिका पदाधिकारीहरूले जिल्ला अधिकारी त्रिपाठीलाई समितिको पुस्तक ‘सेवा पथ दर्पण’ र शुभकामना सन्देश प्रदान गरी उनको जिल्ला आगमनमा बधाई दिए। साथै, समितिको कार्ययोजना, उद्देश्य र नीतिहरूबारे जानकारी गराए।

नवनियुक्त डीएमलाई समितिको पुस्तक ‘सेवा पथ दर्पण’ उपहार

भेटमा समितिका जिल्ला संरक्षक एसपी मिश्रा, जिल्ला उपाध्यक्ष शेरसिंह कसौधन, जिल्ला सचिव/जेल भ्रमणकर्ता केशव कुमार मौर्य, जिल्ला संयोजक सन्तोष मिश्रा, जिल्ला संगठन मन्त्री मुन्ना लाल कश्यप र नानपारा तहसील उपाध्यक्ष श्याम कुमार मिश्रा मुख्य रूपमा उपस्थित थिए।

Leave a Comment

सम्बन्धित खबर