गायत्री परिवार बाँकेको आयोजनामा भव्य ज्योति कलश रथ यात्रा र कार्यकर्ता गोष्ठी सम्पन्न

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – गायत्री तीर्थ शान्तिकुन्ज हरिद्वार, भारतको तत्वावधानमा गायत्री परिवार बाँके, नेपालले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, राझास्थित गायत्री प्रज्ञा अभियान मन्दिर (गायत्री शक्तिपीठ) र गायत्री धाम अमिलाकुट्टी गायत्री नगरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा सामूहिक गायत्री यज्ञ, ज्योति कलश रथ यात्रा, परम वन्दनीया माताजीको जन्म शताब्दी वर्ष २०२६ को विशेष चर्चा र बाँके जिल्ला स्तरीय कार्यकर्ता गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा गायत्री तीर्थ शान्तिकुन्ज हरिद्वारबाट पाल्नुभएका प्रमुख अतिथि नेपाल जोन संयोजक आदरणीय श्री ओइन्द्र सिंहज्यू र जोन सदस्य योगेश पटेलज्यूको विशेष उपस्थिति रहेको थियो। साथै, नेपाल प्रहरी लुम्बिनी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक डा. दीपा प्रधान, लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्ले, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष श्री तीर्थ जंग शाही, शिक्षिका, समाजसेवी तथा जागरूक सनातनी महिला नेतृत्व कृष्णा पाण्डे, र गायत्री परिवार बाँके जिल्लाका सक्रिय कार्यकर्ता तथा शुभचिन्तक महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको मनिष कर्माचार्यले बताए ।

कार्यक्रममा सामूहिक गायत्री यज्ञपछि ज्योति कलश रथ यात्रा भव्य रूपमा सम्पन्न भएको थियो। गोष्ठीमा नारी जागरण अभियान, व्यसनमुक्ति अभियान, स्वच्छ पर्यावरण, गुरुकुल शिक्षा पद्धति, र विचार क्रान्ति अभियानका विषयमा गहन र बृहत् छलफल भएको थियो। यी अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने र जनमानसमा वैचारिक जागरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको भने,

कार्यक्रमको समापनमा सहभागी सबै महानुभावहरूलाई भोजन प्रसाद ग्रहण गराइएको थियो। आयोजक गायत्री परिवार बाँकेले यो कार्यक्रमले समाजमा आध्यात्मिक, सामाजिक र सांस्कृतिक जागरणको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको मनिष कर्माचार्यले बताए।

स्रोत: गायत्री परिवार बाँके, नेपाल, मनिष कर्माचार्य

Leave a Comment

सम्बन्धित खबर