गुलरियाबाट पशुपतिनाथ मन्दिरसम्म साइकल यात्रामा तीन भक्तजन

संवाददाता
संवाददाता

बर्दिया, गुलरिया । गुलरिया नगरपालिका वडा नं. ३, तेजीपुर गाउँबाट तीन जना भक्तजन धार्मिक साइकल यात्रामा पशुपतिनाथ मन्दिर, काठमाडौंतर्फ प्रस्थान गरेका छन्। जितेन्द्र कुमार यादव, दायाराम रैदास र मलती प्रसाद गोडिया श्रद्धा र समर्पणका साथ कवर लिएर यो पवित्र यात्रामा निस्किएका हुन्।

गाउँ तथा टोलवासीले उनीहरूलाई सम्मानसहित शुभकामना व्यक्त गरेका छन्। स्थानीयवासीले भक्तजनहरूको यो धार्मिक यात्राले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

यी तीनैजना श्रद्धालुहरूले आफ्नो यात्रालाई भक्ति र एकताको प्रतीकका रूपमा लिएका छन्। उनीहरूको यो यात्रा पशुपतिनाथको दर्शनसँगै धार्मिक सद्भाव र आध्यात्मिक जागरणको सन्देश बोकेर अघि बढेको बताए ।

Leave a Comment

सम्बन्धित खबर