बाँकेमा ३ सय २५ घरपरिवारलाई लालपुर्जा वितरणको तयारी

संवाददाता
संवाददाता

मेराज सलमानी / ३ साउन २०८२
नेपालगंज-भूमि समस्या समाधान आयोग बाँके ले कोहलपुर वडा नं.१ कौशिलानगरमा रहेका अव्यवस्थित बसोबासीहरुको व्यवस्थापना गर्न ३ सय २५ घरपरिवारलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण गर्ने तयारी गरेको छ। भूमी समस्या समाधान आयोग बाँके अध्यक्ष घननाथ खनाल ले लामो समयदेखि सार्वजनिक तथा सरकारी जमिनमा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारको स्थायी बसोबास सुनिश्चित गर्न लालपुर्जा वितरण गर्न लागेको बताऊँनु भयो।

बाँकेका विभिन्न स्थानका बासिन्दाहरूलाई आयोगले पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र वितरणको अन्तिम तयारीमा जुटेको छ। आज हुने कार्यक्रममार्फत लाभग्राहीहरूलाई जग्गाको कानुनी स्वामित्व दिलाइने छ।


लालपुर्जा वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी तथा आयोगका पदाधिकारीहरूको उपस्थिति रहने जनाइएको छ। आयोगले बांके का बाँकी भूमिहीन परिवारहरूको पनि चाँडै लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउने जनाएको छ।

 

३ सय २५ हुनुपर्नेमा ४ सय घरपरिवार हुनगएकोमा क्षमाप्रार्थी छौं ।

Leave a Comment

सम्बन्धित खबर