रसुवागढी बाढी उद्धारमा प्रहरी सह–निरीक्षक लाल बहादुर श्रेष्ठको वीरगति, भावपूर्ण श्रद्धाञ्जली अर्पण

संवाददाता
संवाददाता

२०८२ असार २४ बुधबार

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित ल्हेन्दे खोलामा गएको बाढीमा उद्धार कार्यमा खटिएका प्रहरी सह–निरीक्षक (प्र.स.नि.) लाल बहादुर श्रेष्ठले वीरगति प्राप्त गरेका छन्। स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा आएको अर्को बाढीको ठूलो छालमा परेर उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

उद्धार कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी सेवामा समर्पित श्रेष्ठको निधनले प्रहरी संगठन, स्थानीय समुदाय र समग्र राष्ट्र शोकमा डुबेको छ। उनको साहस र कर्तव्यनिष्ठताले सबैको मनमा अमिट छाप छोडेको छ।

आज बिहान रसुवा जिल्ला प्रहरी कार्यालयमा आयोजित शोक कार्यक्रममा स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा शोक शलामी दिइएको थियो।

नेपाल प्रहरीले स्वर्गीय श्रेष्ठको योगदानलाई सधैं स्मरण गर्ने र उनको परिवारलाई आवश्यक सहयोग र सम्मान प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर