माओवादीले गर्यो संसदीय सुनुवाइ समिति बैठक बहिस्कार

संवाददाता
संवाददाता

२३ असार २०८२ सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ । सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद सदस्यको अनुमोदन गर्न बसेको समितिको बैठक माओवादीका सांसदहरु जनार्दन शर्मा र जगप्रसाद शर्माले बहिष्कार गरेका हुन् ।

न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएकाले आफूहरू निर्णय प्रक्रियामा सहभागी नहुने भन्दै उनीहरु बैठकबाट बाहिरिएका थिए । बैठक बहिष्कार गरेका सांसद जगप्रसादले प्रस्तावित नाम समावेशी नभएकोले आफूहरू निर्णय प्रक्रियामा सामेल नभएको बताए ।

सिफारिस भएका व्यक्तिको बारेमा असहमति भएर नभई संविधान उलङ्घन हुन लाग्यो भनेर निर्णय प्रक्रियामा सामेल नभएको उनको भनाइ छ । माओवादी सांसदहरूले बहिस्कार गरेपनि समितिले प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेललाई सर्वोच्चको न्यायाधीशमा र महेशकुमार नेपालको नाम न्याय परिषद् सदस्यमा अनुमोदन गरेको छ ।

स्रोत : दृष्टिन्युज

Leave a Comment

सम्बन्धित खबर