बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

संवाददाता
संवाददाता

२० असार २०८२ / Asia tv Nepal 

कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौडमा डेढ वर्षीया शिशु प्रिया सिंहको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहराका अनुसार, सुरज सिंहकी छोरी प्रिया शुक्रबार दिउँसो घरको स्नानगृहमा रहेको पानीले भरिएको बाल्टीमा डुबेकी थिइन्।

उनलाई अचेत अवस्थामा फेला पारी तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे।

यस्ता घटनाहरूले साना बच्चाहरूको सुरक्षाप्रति अभिभावकहरुले सतर्कता अपनाउनु पर्ने देखिन्छ र घरमा पानीका भाँडाहरू सुरक्षित, होशियारपूर्वक राख्नुको आवश्यकता देखिन्छ।

स्रोत : हेल्थवाणी

Leave a Comment

सम्बन्धित खबर