
१९ असार २०८२ मेराज सल्मानी

नेपालगंज–नेपाल र भारतबीचको सीमावर्ती सुरक्षा समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले भारतको बहराइच जिल्ला र नेपालतर्फको बाँके तथा बर्दिया जिल्लाका सुरक्षा प्रमुखहरूबीच द्विपक्षीय काउण्टर पार्ट बैठक सम्पन्न भएको छ।
बैठकमा सीमावर्ती अपराध नियन्त्रण, अवैध तस्करी रोकथाम, चाडपर्वमा सुरक्षा सतर्कता, तथा सूचनाको आपसी आदानप्रदानबारे छलफल गरिएको थियो।
दुबै पक्षले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सहकार्य सुदृढ गर्न सहमति जनाएका छन्।बैठकमा नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। भारततर्फबाट जिल्ला प्रशासन, एसएसबी तथा अन्य सुरक्षाकर्मीहरू सहभागी थिए।
