नेपालगन्जमा नेपाल–भारत अवधी सांस्कृतिक संगोष्ठी सम्पन्न

संवाददाता
संवाददाता

२०८२ साल चैत्र १० गते, मंगलवार – नेपालगन्जमा महेन्द्र पुस्तकालयद्वारा आइतबार आयोजित नेपाल–भारत अवधी सांस्कृतिक संगोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अध्यक्ष बलराम यादव (अध्यक्ष महेन्द्र पुस्तकालय), प्रमुख अतिथि प्रशान्त बिष्ट (नेपालगञ्ज उपमहानगरपालिका-मेयर) को उपस्थितिमा भारतबाट आएका विशिष्ट व्यक्तित्वहरू—डा. राम बहादुर मिश्र (अध्यक्ष, अवध भारती संस्थान, लखनऊ), प्रो. डा. नीरज कुमार शुक्ला (कुलानुशासक, केएमसी भाषा विश्वविद्यालय, लखनऊ), प्रदीप सारंग (सचिव, अवध भारती संस्थान, लखनऊ) तथा सुनील कुमार वर्मा (संस्थापक अध्यक्ष, कमला नारायण ट्रस्ट, बाराबंकी) सहभागी थिए ।

संगोष्ठी कार्यक्रममा सम्मानित हुनेमा नेपालका राम सुरेश यादवजी शिक्षा विभाग पूर्व सचिव , साहित्यकार किरण आचार्य , मैथिली समाजका रामलोचन साह, जनार्दन आचार्य, लुम्बिनी विश्वविद्यालय के प्रध्यापक कृष्णप्रसाद घिमिरे, ब्रिजेश बहादुर सिंह, आनन्द गिरी मायालु, कृष्णा देवी पाण्डे, तथा ध्रुवराज शर्मा त्रिगुणायत आदि लाई भारतीय अतिथिले अङ्गवस्त्र प्रदान गरि सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा स्वागत मन्तव्यमा महेन्द्र पुस्तकालय के उपाध्यक्ष पंकज कुमार श्रेष्ठले गरे भने वरिष्ठ साहित्यकार सनत रेग्मीले कार्यपत्र प्रस्तुत गरे ।

आगन्तुक भारतीय अतिथिहरु लाई दर्शन गराउन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ रामनगरस्थित हडिया बाबा आश्रममा ध्रुवराज शर्मा और आनन्द गिरी मायालुले सहजीकरण गरेको बताए ।

यस्तै संगोष्ठी कार्यक्रममा नेपालगन्जका साहित्यकार ,कविकार पत्रकार लगायत सय बढी बौद्धिक व्यक्तित्वहरु सहभागी भएका थिए ।

Leave a Comment

सम्बन्धित खबर