कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

संवाददाता
संवाददाता

०७ चैत । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीचको झडपपछि जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

प्रशासनका अनुसार झडप आज बिहान मन्दिरमा भजन गाउँदा सुरु भएको तोडफोडका कारण हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव बढेको थियो। त्यसपछि सुरक्षा सुनिश्चित गर्न दिउँसो २ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्म कुनै भेला, सभा वा जुलुस गर्न रोक लगाइएको छ।

निषेधाज्ञा लागू क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म फैलिएको छ।

झडपका क्रममा ढुंगा प्रहार भएको र पाँच जना सामान्य घाइते भएका थिए। मुख्य जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार निषेधाज्ञा लागू भएपछि स्थिति नियन्त्रणमा आएको छ।

प्रशासनले राम नवमी र इदको अवसरमा मन्दिर तथा मस्जिदमा माइकको आवाज बढ्न नदिने र समुदायबीच शान्ति कायम राख्न सचेत रहन सबैलाई आग्रह गरेको छ।

Leave a Comment

सम्बन्धित खबर