भारत-नेपाल कनेक्टिभिटी बढाउने ४-लेन हाईवे स्वीकृत, रुपैडीहा ल्यान्ड पोर्टसम्म सहज पहुँच सुनिश्चित

संवाददाता
संवाददाता

नयाँ दिल्लीः बुधबार 18 मार्च – उत्तर प्रदेशको बाराबंकी र बहराइचबीच यात्रा गर्ने यात्रुहरूका लागि ठूलो राहतको खबर आएको छ । केन्द्र सरकारले बाराबंकीदेखि बहराइचसम्म चार लेन हाईवे निर्माणलाई स्वीकृति दिएको छ । यो परियोजना पूरा भएपछि लखनऊबाट बहराइचको दूरी मात्र डेढ घण्टामा तय गर्न सकिनेछ । यसले यात्रु तथा स्थानीय व्यापार दुवैलाई ठूलो सुविधा मिल्नेछ ।

बाराबंकी–जरवल–बहराइच खण्डमा काम सुरु भइसकेको छ भने बहराइचदेखि रुपैडीहा (नेपाल सीमा) सम्मको लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भइरहेको छ ।लखनऊ–बाराबंकी–जरवल–बहराइच हुँदै नेपालतर्फ जाने यो मार्ग अत्यधिक भीडभाड (हाईली कन्जेस्टेड) छ । यसलाई आधुनिक बनाउन एक्सेस–कन्ट्रोल्ड चार लेन हाईवे निर्माण गरिनेछ, जसमा सर्विस रोडको व्यवस्था पनि हुनेछ ।

परियोजना पूरा भएपछि यात्राको समय लगभग ३ घण्टाबाट घटेर १ घण्टा मात्र रहनेछ । यसले यात्रालाई अझ सुरक्षित, छिटो र सस्तो बनाउनेछ । सवारी साधनको सञ्चालन लागत पनि घट्नेछ । बाराबंकी र बहराइचबीच निर्बाध कनेक्टिभिटी स्थापित हुनेछ, जसले आर्थिक, सामाजिक तथा लजिस्टिक केन्द्रहरूलाई मल्टिमोडल लिङ्केजसँग जोड्नेछ ।

बहराइच र श्रावस्ती क्षेत्रको कनेक्टिभिटीमा सुधार हुनेछ, जुन प्रधानमन्त्री गतिशक्ति योजनाअनुरूप छ । यस परियोजनाले नेपालगञ्ज सीमारहित भारत–नेपाल कनेक्टिभिटीलाई थप मजबुत बनाउनेछ र रुपैडीहा ल्यान्ड पोर्टसम्म सहज पहुँच सुनिश्चित गर्नेछ ।

यो चार लेन हाईवेले सडकको संरचनात्मक कमजोरी हटाउने, यातायातलाई सुगम बनाउने र क्षेत्रको आर्थिक विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ

Leave a Comment

सम्बन्धित खबर