हारको कारण खोज्दै कांग्रेस, सबै तहसँग माग्यो समीक्षा प्रतिवेदन

संवाददाता
संवाददाता

नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र गर्दै तत्काल अनुशासन समिति गठन गर्न र हारको कारण खोजेर केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ को धारा ३४ बमोजिम तत्काल जिल्ला र प्रदेश अनुशासन समिति गठन नगरेको भए गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क नम्बरसहितको आधिकारिक विवरण केन्द्रीय कार्यालयमा पठाउन परिपत्रमा भनिएको छ ।

निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर प्रदेश, जिल्ला र प्रतिनिधि सभाका उम्मेदवारहरूले आआफ्नो तर्फबाट विस्तृत प्रतिवेदन केन्द्रमा पठाउन आग्रह गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र अनिवार्य रूपमा पठाइसक्न भनेको छ ।

स्रोत : दृष्टिन्युज

Leave a Comment

सम्बन्धित खबर