बाँकेको नेपालगञ्जमा आज कुहिरोसँगै शीतलहर कारण जनजीवन प्रभावित

संवाददाता
संवाददाता

बाँकेको नेपालगञ्जमा आज कुहिरोसँगै शीतलहर पनि परेको छ ।

शीतलहरका कारण जनजीवनमा प्रभाव परेको छ । बिहानको समयमा तापक्रम सामान्यतया ११.१२ ड्ढऋ सम्म घट्ने र कुहिरोका कारण दृश्यता सीमित रहने अवस्था बृद्धि भएको मौसम पूर्वानुमानले जनाएको छ ।

त्रिभुवन चोक
मालती दादा

विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन् ।

चिसो बढेसँगै धेरैले आवश्यक कामबाहेक घर बाहिर निस्कन छाडेका छन् । चिसो मौसमका कारण श्वासप्रश्वाससम्बन्धी बिरामीको आवत–जावत बढेको तथा साना विद्यार्थी र वृद्धवृद्धहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ ।

कदीर फारुकी

मौसम विज्ञहरूका अनुसार नेपालगञ्जमा कुहिरो र शीतलहरका कारण दैनिक जीवन सामान्यभन्दा भएको हुँदा मौसममा सुधार नआएसम्म यस्तो प्रभाव जारी रहने सम्भावना देखिएको छ ।

रिक्खीराम केवट

Leave a Comment

सम्बन्धित खबर