बालेनको चुनावी प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

संवाददाता
संवाददाता

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको आज दिउँसो १२:४५ बजे निधन भएको हो ।

 

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला सिटौला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार गम्भीर अवस्थामा आइसीयूमा उपचार भइरहे पनि ४८ घण्टासम्म न्यूरोलोजिकल अवस्थामा सुधार नआएको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्त हुने संकेत नदेखिएपछि चिकित्सकीय प्रोटोकलअनुसार एपनिया परीक्षण गरिएको थियो । परीक्षण पोजेटिभ आएपछि उनलाई चिकित्सकीय रूपमा मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।

Leave a Comment

सम्बन्धित खबर