
रूपईडीहा, बहराइच।
इस्लाम धर्मका अन्तिम नबी हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका नाति हजरत इमाम हुसैन रजियल्लाहु अन्हुको जन्मदिनको शुभ अवसरमा शुक्रबार रूपईडीहाको स्टेशन रोड स्थित रिजवी क्लोथ स्टोरको अगाडि साबिल (पानीको निःशुल्क वितरण केन्द्र) राखिएको थियो। यसमा आउने-जाने यात्रुहरूलाई पानी र कफी निःशुल्क पिलाइएको थियो।


रिजवी क्लोथ स्टोरका मालिक जाफर इमाम रिजवी, हैदर इमाम रिजवी तथा सभासद एवं पत्रकार रजा इमाम रिजवीले बताएअनुसार, हजरत मुहम्मद साहबका नाति हजरत इमाम हुसैन रजियल्लाहु अन्हुको जन्मदिनको खुसीयालीमा यो साबिल राखिएको हो। यसमा रूपईडीहामा आउने सबै आगन्तुकहरूलाई निःशुल्क पानी र कफी वितरण गरिएको छ।


यस अवसरमा हाजी अब्दुल रहीम, नौशाद हुसैन, निजामुद्दीन, अमीर अली, एड्भोकेेट मो. अय्यूब, इख्लाक हुसैन लगायतका व्यक्तिहरू उपस्थित रहेको रिजवीले बताए।


