इँटाभट्टाकी गोमाको ४ जिपिए, डाक्टर बन्ने सपनाले बन्यो प्रेरणाको कथा

संवाददाता
संवाददाता

भक्तपुर, चाँगुनारायण–८, सुडाल । इँटाभट्टाको जस्ताको छाप्रोमा बसेर पढ्ने गोमा श्रेष्ठले एसइई २०८१ मा ४ जिपिए ल्याएर सबैलाई चकित पारेकी छिन्। रामेछापबाट भक्तपुर आएको उनको परिवार इँटाभट्टामा मजदुरी गर्छ। कठिन जीवनशैलीका बावजुद गोमाले आफ्नो पढाइमा कुनै सम्झौता गरिनन् र सामुदायिक विद्यालयबाट यो उत्कृष्ट नतिजा हासिल गरिन्।

गोमाको सपना हो– डाक्टर बन्ने। “विज्ञान सङ्कायमा प्लस टु पढेर छात्रवृत्तिमा एमबिबिएस गर्ने मेरो लक्ष्य छ। म डाक्टर बनेर मेरो परिवार, समाज र देशको सेवा गर्न चाहन्छु,” उनले भावुक हुँदै भनिन्। उनको यो दृढ संकल्प र मेहनतले उनलाई भक्तपुरका उत्कृष्ट विद्यार्थीहरूको सूचीमा पुर्‍याएको छ।

गोमाको कथा कठिन परिस्थितिमा पनि सपना पूरा गर्न सकिन्छ भन्ने जीवन्त उदाहरण हो। उनको यो सफलताले परिवार, समुदाय र समग्र देशलाई गौरवान्वित बनाएको छ। “मेरो यो नतिजा त शुरुवात मात्र हो, म अझै धेरै गर्न चाहन्छु,” उनले थपिन्। गोमाको यो प्रेरणादायी कथाले धेरै युवाहरूलाई आफ्नो लक्ष्यप्रति अडिग रहन प्रोत्साहन दिएको छ।

Leave a Comment

सम्बन्धित खबर