
१ भदौ २०८२ आइतबार

बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ
गरेको हो ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, पक्राउ परेका व्यक्तिहरु माथि थप अनुसन्धान भइरहेको छ। घटनाको सत्यतथ्य पुष्टि गर्न प्रहरीले आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ।
स्रोत : रातोपाटी
