
अन्तर्राष्ट्रिय / २९ साउन २०८२ / सन्तोष शुक्ल

नेपालगन्ज / रुपैडीहा, बहराइच: आचार्य रमेश चन्द्र गर्ल्स इण्टर कॉलेज र श्री राम जानकी इण्टर कॉलेजको संयुक्त तत्वाधानमा एक भव्य तिरंगा यात्राको आयोजन गरिएको छ। यो यात्रा भारतीय भूमि पत्तन रुपैडीहाबाट सुरु भएको थियो, जसको शुभारम्भ सुधीर शर्मा, राम निरञ्जन, ऋतुराज र आशीष त्रिपाठीले संयुक्त रूपमा गरे।

यात्राको आयोजनमा प्राचार्या आशा बिष्ट र डायरेक्टर यशपालको महत्वपूर्ण योगदान रह्यो। ठूलो संख्यामा छात्र-छात्राहरूले भारतीय तिरंगालाई हातमा लिएर “भारत माता की जय” र “हिंदुस्तान जिंदाबाद” जस्ता आकाश छुने नाराहरूसहित उत्साहपूर्ण सहभागिता जनाए।

छात्र-छात्राहरूले सुभाष चन्द्र बोस, महात्मा गान्धी, प्रधानमन्त्री नरेन्द्र मोदी, योगी आदित्यनाथ, भगवान श्रीकृष्ण र शिव शंकरको वेशभूषा धारण गरेर यात्रालाई थप आकर्षक बनाए। यात्रा विद्यालयबाट सुरु भई एसएसबी क्याम्प हुँदै पुनः विद्यालयमा आएर समापन भएको थियो।


यात्राको संचालनमा सम्पूर्ण शिक्षक-शिक्षिकाहरूको महत्वपूर्ण भूमिका रह्यो। विशेष रूपमा चन्द्र प्रकाश त्रिपाठी, अतुल पाठक, चन्द्रभान मिश्रा, आर. यस. वर्मा, साकेत तिवारी, चन्दन गुप्ता, विवेक, प्रिया, पूजा, लक्ष्मी, पुनीत र अरुण शर्माले सहयोग पुर्याए।


यात्रामा भारत माताको रूपमा जानवी, राष्ट्रपतिको रूपमा आशिका वर्मा, भगवान श्रीकृष्णको रूपमा ऋषिका, शिव शंकरको रूपमा पलक, नरेन्द्र मोदीको रूपमा मीनू, योगी आदित्यनाथको रूपमा नन्दनी, रानी लक्ष्मी बाईको रूपमा राफिया, जवाहरलाल नेहरूको रूपमा साक्षीले आफ्नो प्रस्तुति दिए। साथै, श्री राम जानकी इण्टर कॉलेजका एनसीसी क्याडेटहरू शिवम, पवन, कुश मौर्य लगायतका विद्यार्थीहरूको पनि उल्लेखनीय योगदान रह्यो।


यो तिरंगा यात्राले देशभक्ति र एकताको सन्देश फैलाउँदै सम्पूर्ण सहभागीहरूमा उत्साह र जोश भरिदिएको छ।
