
नेपालगन्ज, २७ श्रावण २०८२ – जय श्री राम स्पोर्ट्स क्लबद्वारा सञ्चालित जय श्री राम शक्ति दल केन्द्र लाठी समितिको आयोजनामा महाकाली मन्दिर, नेपालगन्जमा लाठी खेल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लाठी खेलको संस्कृति संरक्षण र भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित खेलाडीहरूको उत्साहवर्धन गरिएको थियो।

कार्यक्रममा संस्थापक प्रमुख राजकुमार आर्य, निवर्तमान अध्यक्ष राजकुमार वैश्य, वर्तमान अध्यक्ष सुजित कुमार कशौधन (भोलु) र प्रशिक्षक राजकुमार आर्यले लाठी खेलले समाजमा अनुशासन, संयम र संगठनको भावना विकास गर्ने बताउँदै खेलाडीहरूलाई प्रगतिको शुभकामना दिए। उनीहरूले लाठी कला र संस्कृतिको जगेर्ना गर्न सबैलाई आह्वान गरे।
उक्त कार्यक्रममा सहभागी वडा नं. ८ का वडा सदस्यले लाठी खेलाडीहरूको इन्स्योरेन्सका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै, वडा नं. ११ का वडा सदस्य राजेश कुमार वैश्यले आफू पनि पूर्व लाठी खेलाडी भएको उल्लेख गर्दै खेलाडीहरूको समस्या बुझ्ने र सक्दो सहयोग गर्ने वाचा गरे।
यसैगरी कार्यक्रममा कसौंधन वैश्य समाज युवा मञ्चका संजय कसौंधन, वडा सदस्य राजेश वैश्य, निखिल कसौंधन, अर्जुन शक्ति केन्द्रका प्रमुख अनुप गुप्ता, राष्ट्रिय सनातनी युवा संघका सौरभ बर्मा, जय माँ ज्वाला लाठी क्लबका प्रवेश कुमार, पतंजलि आर्य समाजका सुभाष गुप्ता आर्य, जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब लाठी समितिका अध्यक्ष गौरव कनोजिया, महिला लाठी क्लबका सुनीता केवट, कंचन केवट, माया केवट, पूजा केवटसहित २५ भन्दा बढी पूर्व लाठी खेलाडी, विभिन्न संघ–संस्थाका सदस्य र स्थानीय जनसमुदायको उपस्थिति थियो।
सोही कार्यक्रममा पत्रकार नन्दलाल साहू, महेन्द्र सिंह, विशाल गुप्ता, रिशभ बाडियासहित १५ भन्दा बढी पूर्व लाठी खेलाडी र अग्रजहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन हिमान्शु गुप्ताले गरेका थिए। उनले लाठी खेलको महत्वमाथि प्रकाश पार्दै खेलाडीहरूलाई बधाई र शुभकामना दिए।
