
अन्तर्राष्ट्रिय खबर

बहराइच, उत्तर प्रदेश, ११ अगस्त २०२५ – बहराइच जिल्लाको रूपईडीहा थाना क्षेत्रमा भारत-नेपाल सीमा नजिकै संयुक्त गस्तीको क्रममा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले दुई छुट्टाछुट्टै घटनामा २८ ग्राम अवैध स्मैकसहित दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै अभियुक्तलाई मादक पदार्थ तस्करीको आरोपमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको छ।पहिलो घटना:मिति १० अगस्त २०२५ मा राति ११:२२ बजे, भारत-नेपाल सीमाको पीलर नम्बर ६५१/२ नजिकै भारतीय क्षेत्रमा करिब १०० कदम टाढा संयुक्त गस्ती टोलीले ३५ वर्षीय मोहम्मद रिजवान उर्फ सोनू, साकेत नगर, रूपईडीहा निवासीलाई १५ ग्राम अवैध स्मैकसहित पक्राउ गरेको छ।

पक्राउ गरि बरामद गरिएको स्मैकको बजार मूल्य करिब १५ लाख भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ। यो घटनामा थाना रूपईडीहामा मुद्दा नम्बर २३८/२०२५, धारा ८/२१ एनडीपीएस ऐनअन्तर्गत दर्ता गरिएको छ। अभियुक्तलाई बहराइचको सदर अदालतमा पेश गर्न पठाइएको छ।
पक्राउ टोलीमा : प्रहरी: उपनिरीक्षक संतोष कुमार, हेड कन्स्टेबल देवेन्द्र कुमार यादव, हेड कन्स्टेबल अभिषेकधर द्विवेदी, कन्स्टेबल जयचन्द्र गौड़।
एसएसबी: डीसी/जीडी दिलीप कुमार, एमएसपी/जीडी कुमार ऋतुराज, एएसआई/जीडी विप्लव कुमार घोष, एचसी/जीडी द्विगविजय कुमार सिंह, सीटी/जीडी विश्वजीत कुमार, डग ह्यान्डलर सीटी/जीडी कवाडे गुरुदेव (डग माइको ७८१ सहित), बीसीओवाई ४२ बीएन एसएसबी नानपारा, बहराइच सहभागी थिए ।
यसैगरी दोस्रो घटना: ११ अगस्त २०२५ मा बिहान ३:१० बजे, भारत-नेपाल सीमाको पीलर नम्बर ६५१/११ नजिकै भारतीय क्षेत्रमा संयुक्त गस्ती टोलीले ४१ वर्षीय गोपी, स्व. रामफेरेका छोरा, वडा नम्बर ८, साकेत नगर, रूपईडीहा निवासीलाई १३ ग्राम अवैध स्मैकसहित पक्राउ गरेको छ। बरामद स्मैकको बजार मूल्य करिब १३ लाख भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ।

यस्तै यो घटनामा थाना रूपईडीहामा मुद्दा नम्बर २३९/२०२५, धारा ८/२१ एनडीपीएस ऐनअन्तर्गत दर्ता गरिएको छ। अभियुक्तलाई बहराइचको सदर अदालतमा पेश गर्न पठाइएको छ।
पक्राउ टोलीमा :प्रहरी: उपनिरीक्षक यतीन्द्र सिंह (चौकी इन्चार्ज चिकनिया), हेड कन्स्टेबल स्वतंत्र विक्रम सिंह, हेड कन्स्टेबल अजय कुमार राणा, कन्स्टेबल हेमन्त कुमार वर्मा, कन्स्टेबल संदीप चौहान।
एसएसबी: इन्स्पेक्टर/जीडी कुमार ऋतुराज, एएसआई/जीडी विप्लव कुमार घोष, एचसी/जीडी एस. मुथु सैल्वा, सीटी/जीडी विश्वजीत कुमार, डग ह्यान्डलर सीटी/जीडी के. गुरुदेव (डग माइको ७८१ सहित), बीसीओवाई ४२ बीएन एसएसबी नानपारा, बहराइच सहभागी थिए ।
बहराइचका पुलिस अधीक्षकको निर्देशनमा अपराध र मादक पदार्थ तस्करी नियन्त्रणका लागि चलिरहेको विशेष अभियानअन्तर्गत यी दुबै अभियुक्तलाई पक्राउ गर्न सम्भव भएको हो।
अपर पुलिस अधीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारी, क्षेत्राधिकारी नानपारा प्रद्युम्न सिंह र प्रभारी निरीक्षक रमेश सिंह रावतको नेतृत्वमा संयुक्त टोलीले यो कारबाही गरेको हो। दुवै अभियुक्तमाथि थप अनुसन्धान जारी छ।
