तीनजना सवार कारलाई जनकपुरमा रेलको ठक्कर

संवाददाता
संवाददाता

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९, ब्रह्मपुरीस्थित थापाचोकनजिक आइतबार (साउन २५) बिहान रेल र कार एकापसमा ठोक्किएका छन् । वाग्मती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।

दुर्घटना रेलमार्गनजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीनजना सवार थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको छ । कारमा भने ठूलो क्षति पुगेको छ ।

दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । रासस

Leave a Comment

सम्बन्धित खबर