
नेपालगन्ज, २४ साउन २०८२ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा रहेको ढोडेगाउ चौकको खतरनाक तीन मोडमा विगत ६ महिनादेखि सोलर लाइट बिग्रिएको कारण स्थानीयवासीमा चोरी र दुर्घटनाको त्रास बढेको छ। यो क्षेत्रमा रहेका तीनवटै मोडमा सोलर लाइटका पोलहरू छन्, तर ती पोलमा बल्ब नहुँदा रातको समयमा अन्धकार हुने गरेको छ।


स्थानीय सचेतक युवा सुशील वर्माले यो समस्यालाई आफ्नो फेसबुक पोस्टमार्फत उजागर गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले बताएअनुसार, रातको समयमा एउटा मोडबाट अर्को मोड देख्न नसकिने अवस्थाले चोरहरूका लागि लुक्ने वातावरण बनेको छ। “भित्री र बाहिरी बाटोहरूमा लाइट नहुँदा चोरहरूले सहजै लुक्ने ठाउँ पाएका छन्, जसले चोरीका घटनाहरू बढाएको छ,” उनले भने। स्थानीयवासीले टर्चलाइटको सहायता लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

स्थानीय सचेतक युवा, सुशील बर्मा महेन्द्र बहुमुखि क्याम्पस नेपालगज पुर्व स्वबियु सदस्य र राप्रपा युवा सङठन नगर कमिटि सचिव हुन्

यो क्षेत्रमा पहिले कृषि कार्यालय रहेको ठूलो भवन हाल आयुर्वेदिक जडीबुटी औषधी कार्यालयका रूपमा सञ्चालित छ। तर, सोलर लाइटको अभावले रातको समयमा यो क्षेत्र असुरक्षित बनेको छ। साथै, तीनवटै मोडमा लाइट नहुँदा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

वर्माले स्थानीय सरकार, सम्बन्धित जनप्रतिनिधि र वडा कार्यालयलाई यो समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्। “म स्थानीय समाजसेवीको हैसियतले सम्बन्धित निकायसँग सोलर लाइटको मर्मत र पोलहरूमा लाइट व्यवस्थापनका लागि जोडदार माग गर्छु,” उनले भने।

स्थानीयवासीले पनि यो समस्यालाई तत्काल समाधान गर्न माग गरेका छन्। सोलर लाइटको मर्मत र व्यवस्थापन नभएमा चोरी र दुर्घटनाका घटनाहरू थप बढ्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्। सचेतक युवा वर्माले भने सम्बन्धित निकायले यो विषयमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

उहाले गरेको पोस्ट ।
