रूपईडीहामा फेला परेको शवको पहिचान, मृतक कोहलपुर ९ को, अरुण बर्नवाल भएको पुष्टि

संवाददाता
संवाददाता

२३ साउन २०८२ शुक्रबार / अन्तर्राष्ट्रिय खबर

नेपालगन्ज, बाँके । भारत सीमा क्षेत्र रूपईडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैंचामा फेला परेको अज्ञात शवको पहिचान भएको छ। मृतकको नाम अरुण बरनवाल, पिता रामप्रवेश बरनवाल, ठेगाना कोहलपुर नगरपालिका वडा नम्बर ९, पिपरी (झण्डहवा), बाँके, नेपाल रहेको पुष्टि भएको छ।

मृतकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटु रहेको र उनकी बहिनी प्रभा बरनवालले फोनमार्फत सम्पर्क गरी यो कुराको पुष्टि गरेको प्रहरीले जनाएको छ। सब-इन्स्पेक्टर राहुल सरोजको अनुसन्धानबाट यो सत्यतथ्य बाहिर आएको हो। मृतकको अनुहारमा चोटको निशान देखिएको छ र मृत्यु एक-दुई दिनअघि भएको अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानमा मृतक नशाको कुलतमा रहेको आशंका गरिएको छ।

यो घटनालाई लिएर Asia Tv Nepal लगायत अन्य स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि चर्चा भएको छ। मृतकका बहिनीले Asia Tv Nepal वा अन्य सञ्चारमाध्यममार्फत आफ्नो भाइको मृत्युको खबर थाहा पाएकी थिइन्। गत वर्ष पनि रक्षाबन्धनको समयमा यस्तै एक अज्ञात शव फेला परेको थियो, जसलाई एकजना बहिनीले पहिचान गरेकी थिइन् ,स्मरण गराउँदै प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले मृतकको परिवारसँग सम्पर्कमा रहेर थप विवरण सङ्कलन गरिरहेको छ। यदि कसैसँग यो घटनाबारे थप जानकारी भएमा जमुनाहा वा रूपईडीहा प्रहरी चौकीमा सम्पर्क गर्न सब-इन्स्पेक्टर राहुल सरोजले अनुरोध गरेका छन्  ।

स्रोत: सन्तोष शुक्ल, रूपईडीहा संवाददाता

Leave a Comment

सम्बन्धित खबर