
बाँके, २०८२ साउन २३ – प्रत्येक पूर्णिमाको दिन आयोजना हुने गंगा महा आरतीको १३औँ संस्करण आगामी २०८२ साउन २३ गते शुक्रबार साँझ ६:३० बजेदेखि हुनेभएको छ।
गंगा महा आरती डुडुवा-४, सिधनियाघाटस्थित राप्ती गंगा नदीको किनारमा हुने भएको छ। यस पवित्र धार्मिक कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई सहभागी हुन आयोजक समितिका कोषाध्यक्ष श्री विनय चन्द गुप्ताले हार्दिक निमन्त्रणा गरेको बताए।
यसैगरी गंगा महा आरतीको यो विशेष संस्करणले भक्तजनहरूमा आध्यात्मिक ऊर्जा र भक्ति भावनाको संचार गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा गंगा नदीको पूजा-अर्चना, आरती, भजन-कीर्तनलगायतका धार्मिक गतिविधिहरू समावेश हुनेछन्। आयोजक समितिले सम्पूर्ण भक्तजनहरूलाई समयमै उपस्थित भई यो पवित्र अवसरमा सहभागी हुन अनुरोध गरेको छ।



