
२२ साउन २०८२ / सन्तोष शुक्ल, रूपईडीहा संवाददाता

नेपालगन्ज, बाँके । भारत सीमा क्षेत्र रूपईडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित एक खाली घरको बगैंचामा अन्दाजी २४ वर्षीय एक अज्ञात नेपाली युवकको शव फेला परेको छ। घटनास्थलमा प्रहरी पुगेर शवको पहिचान गर्ने प्रयास गरिरहेको छ, तर हालसम्म मृतकको सनाखत हुन सकेको छैन।
सुत्रको अनुसार मृतकको बायाँ हातको हत्केलामा तलतिर अरुण लेखिएको छ।अनुहारमा चोटको निशान देखिएको छ र प्रहरीले उनको मृत्यु एक-दुई दिनअघि भएको अनुमान गरेको छ। प्रारम्भिक अवलोकनमा मृतक नशाको कुलतमा रहेको आशंका गरिएको छ।

प्रहरीले मृतकको पहिचानका लागि तस्बीर र उनले लगाएको लुगाको विवरण सार्वजनिक गर्दै सहयोग मागेको छ। यदि कोही व्यक्तिले मृतकलाई चिनेको वा यसबारे कुनै जानकारी भएमा नजिकको प्रहरी चौकी जमुनाहा वा रूपईडीहामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्रोत: सन्तोष शुक्ल, रूपईडीहा संवाददाता
