सीमा- नाका,रुपईडीहामा एसएसबीको कडा जाँचले सीमावासी हैरान,परेशान

संवाददाता
संवाददाता

नेपालगन्ज / रुपईडीहा,बहराइच / उत्तर प्रदेश ६ अगस्त २०२५। बुधबार २१ साउन २०८२

रुपईडीहा, सेवा, सुरक्षा र बन्धुत्वको नाराका साथ भारत-नेपाल सीमामा भारतीय क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) तैनाथ गरिएको छ। तर, रुपईडीहामा तैनाथ ४२औँ बटालियनका सिपाहीदेखि अधिकारीसम्म संवेदनशील नभएको गुनासो बढ्दै गएको छ।

रुपईडीहामा सामान सस्तो पाइने भएकाले नेपालका सीमावर्ती जिल्लाहरू बाँके, बर्दिया, सुर्खेत, दैलेख, रुकुम, दाङ, जाजरकोटलगायत दर्जनौँ पहाडी जिल्लाका नेपाली गाउँलेहरू यहाँ घरायसी सामान खरिद गर्न आउने गर्छन्। यहाँबाट चिया, चिनी, दाल, तेल, साबुन, चामल, जुत्ता, चप्पल, लुगा आदि किनेर लैजाने गर्छन्।

 

आगामी १० भदौमा अर्थात हाल, २६ अगस्तमा नेपालमा मनाइने तीजको पर्वलाई भव्य र परम्परागत रूपमा मनाउन नेपाली ग्राहकहरूको भीड रुपईडीहामा बढेको छ। नेपालबाट आउने र भारततर्फ जाने यात्रुहरूको भारी भीडका कारण बिहानदेखि साँझसम्म एसएसबीको जाँच चौकीमा लाम लाग्ने गरेको छ। दुवैतर्फ जाँचका लागि एउटा मात्र काउन्टर छ। एउटा यात्रुको परिचयपत्र र सामान जाँच गर्न ५ देखि १० मिनेटसम्म लाग्ने गरेको छ। जसले गर्दा महिला, बालबालिका र अन्य यात्रुहरू घण्टौँ सडकमा लाइनमा उभिन बाध्य छन्।

दुवैतर्फ थप एक-एक काउन्टरको व्यवस्था भएमा आवागमनमा सहजता हुने स्थानीय व्यापारी नेताहरूले सुझाव दिएका छन्। यस सम्बन्धमा पटक-पटक एसएसबीका वरिष्ठ अधिकारीहरूलाई जानकारी गराइए पनि कुनै कारबाही भएको छैन। फलस्वरूप, यात्रुहरू घण्टौँ लाइनमा उभिएर गन्तव्यतर्फ जान बाध्य छन्।

स्रोत : आज हिंदी दैनिक , रुपईडीहा

 

Leave a Comment

सम्बन्धित खबर

दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५
दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५