गोली चलाएर प्रहरीद्वारा लागुऔषधसहित २ जना पक्राउ

संवाददाता
संवाददाता

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।

-रासस

Leave a Comment

सम्बन्धित खबर