
९ साउन २०८२ शुक्रबार
जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको बलवा नगरपालिकास्थित रौजा मजारको समाधिस्थलमा चाँदर चादर चढाएका छन् ।
महोत्तरीको रातु पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले नजिकै रहेको मजार सरिफमा पुगेर चादर चढाएका गरेका हुन् ।
नेपालको अजमेर सरिफ भन्ने चिनिएका रौजमा मजारमा मुस्लिम धर्मका सुफि सन्त बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहका दरगाह (समाधि स्थल) रहेका छन्। मुस्लिम र हिन्दु समुदायको साँझा धर्मिक पर्यटकीय स्थलको रुपमा चिनिएका सो मजार सरिफमा दैनिक हजारभन्दा बढी श्रद्धालुभक्तजन पुग्ने गरेका छन्
प्रधानमन्त्री ओलीले मजार सरिफा विकास समितिका पदाधिकारीहरु सँग मजारको वर्तमान अवस्थाको वारेमा जानकारी समेत लिएका थिए । मजार सरिफ विकास समितिका अध्यक्ष समिल राईनले मजारको अवस्था तथा बाबाहरुको महिमाको वारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले रौजा मजार सरिफलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नु बताए । मजारलाई विकास गरेको खण्डमा यसले धार्मिक पर्यटन प्रबन्धनमा टेवा पुग्ने बताए ।
प्रधानमन्त्री ओलीसँगै संघ सरकारका श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी, लोकतानित्रक पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राईनसहितले रौजा मजार सरिफमा पुगेका थिए ।
रौजा मजार नेपालको मधेश प्रदेश, महोत्तरी जिल्लामा अवस्थित एक ऐतिहासिक र धार्मिक स्थल हो, जुन विशेषगरी मुस्लिम समुदायको लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ। यो मजार जलेश्वर नगरपालिकामा पर्ने रौजा गाउँमा अवस्थित छ र यसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ।
