फेला परेको २ वर्षे बालकको पहिचान खुलेन, प्रहरीद्वारा सहयोगको अपील

संवाददाता
संवाददाता

मेराज सलमानी

बांके—नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित बसपार्क नजिकको बाईपास रोड, बन घाट कुपिण्डे दह एण्ड रेष्टुरेन्ट आसपासबाट एक अन्दाजी २ वर्ष ६ महिनाको बालक लाई प्रहरी ले फेला परेको छ।

बालक सेतो टी–सर्टमा थिए र उनी एक्लै अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बालकलाई हाल जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखिएको छ। प्रहरीको अनुसार बालकको हालसम्म कुनै पनि अभिभावक वा आफन्तले पहिचान गरेका छैनन्।

प्रहरीले सो बालकलाई चिनेको, पहिचान थाहा पाएको वा अभिभावकबारे जानकारी भएको व्यक्तिले तत्काल जिल्ला प्रहरी कार्यालय, बाँके महिला तथा जेष्ठ नागरिक सेल मा सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave a Comment

सम्बन्धित खबर