
नेपालगन्ज, ४ साउन २०८२ आइतबार – अन्तर्राष्ट्रिय खबर

रुपइडिहा / बहराइच
पूर्वोत्तर रेलवे, लखनऊ मण्डलले बहराइच–नानपारा रेल खण्डमा गेज परिवर्तन (अमान परिवर्तन) सम्पन्न गरेसँगै २०८२ साउन ४ गते (२० जुलाई २०२५) आइतबारदेखि ठूलो लाइनका ट्रेनहरू नानपारासम्म सञ्चालन हुने भएको जानकारी रेलवे प्रशासनले सार्वजनिक गरेको छ।
१ – सञ्चालन हुने रेलहरू र समयतालिका:
गाडी नं. १४२१३ (वाराणसी–नानपारा):
बहराइच आगमन: साँझ ९:३२ बजे
प्रस्थान: साँझ ९:३७ बजे
नानपारा आगमन: राति १०:४० बजे
२ – गाडी नं. १४२१४ (नानपारा–वाराणसी):
नानपारा प्रस्थान: बिहान ४:२० बजे
बहराइच आगमन: बिहान ५:०५ बजे
प्रस्थान: बिहान ५:१० बजे
३ – गाडी नं. ७५१०९ (गोंडा–नानपारा):
गोंडा प्रस्थान: बिहान ५:०० बजे
बहराइच आगमन: बिहान ६:२५ बजे
प्रस्थान: बिहान ६:३० बजे
नानपारा आगमन: बिहान ७:२० बजे
४ – गाडी नं. ७५११० (नानपारा–गोंडा):
नानपारा प्रस्थान: बिहान ७:५० बजे
बहराइच आगमन: बिहान ८:४० बजे
प्रस्थान: बिहान ८:४५ बजे
गोंडा आगमन: बिहान १०:०० बजे
५ – गाडी नं. ७५१११ (गोंडा–नानपारा):
गोंडा प्रस्थान: दिउँसो १२:३० बजे
बहराइच आगमन: दिउँसो १:४५ बजे
प्रस्थान: दिउँसो १:५० बजे
नानपारा आगमन: दिउँसो २:५० बजे
६ – गाडी नं. ७५११२ (नानपारा–गोंडा):
नानपारा प्रस्थान: दिउँसो ३:३० बजे
बहराइच आगमन: दिउँसो ४:१२ बजे
प्रस्थान: दिउँसो ४:१७ बजे
गोंडा आगमन: साँझ ५:५० बजे
यी डेमु ट्रेनहरूले रिसिया र मटेऱा स्टेशनहरूमा पनि रोकिने रेलवे प्रशासनले जनाएको छ। साथै यात्रु सुविधाको लागि अपिल गरेको छ।
यो रेल मार्ग विस्तारले बहराइच–नानपारा क्षेत्रका यात्रुहरूलाई वाराणसी, गोंडा लगायतका स्थानहरूमा सहज र छिटो यात्रा गर्न सुविधा पुग्ने बताइएको छ। यसका साथै रेलवे प्रशासनले यात्रुहरूलाई नयाँ समयतालिकाअनुसार यात्रा योजना बनाउन अनुरोध गरेको छ।
