
वीरगन्ज, असार ३१ – वीरगन्ज महानगरपालिका वडा नं. २ निवासी १३ वर्षीय बालक जुनेद आलम केही दिनदेखि हराइरहेका छन्। बालक हराएको खबरले परिवार, आफन्त र स्थानीय समुदायमा चिन्ता र त्रासको वातावरण छाएको छ।
जुनेदका हजुरबुवा आरिफ मिया तेली र पिता सरफराज आलमका अनुसार उनलाई अन्तिम पटक घर नजिकै देखिएको थियो। त्यसयता उनको कुनै अत्तोपत्तो छैन।

हराएको बालकको विवरण:
नाम: जुनेद आलम
उमेर: १३ वर्ष
रंग: गहुँगोरो
ठेगाना: वीरगन्ज महानगरपालिका–२
परिवारले जुनेदको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ। यदि कसैले जुनेदलाई देखे वा उनको बारेमा कुनै जानकारी प्राप्त गरेमा नजिकको प्रहरी कार्यालय वा तलका सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराइदिन अनुरोध गरिएको छ।
सम्पर्क नम्बर:
📞 ९८०७२७३६२०
📞 ९८२४५९९४९५
