
नेपालगञ्ज, ३० असार २०८२

शक्तिपीठ बागेश्वरी मन्दिरमा हरेक सोमबार आयोजना हुने महाआरतीको १२९औँ संस्करण आज भव्य र दिव्य रूपमा सम्पन्न भएको छ।
बागेश्वरी मन्दिरका पुजारी तथा आयोजक समितिका अनुसार, आगामी१३० औं महाआरतीले भक्तजनहरूमा आध्यात्मिक ऊर्जा र पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्ने छ। हरितले विरुवाहरुको संरक्षण र धार्मिक आस्थालाई जोड्ने अभियानलाई थप बलियो बनाउने सहयोग पुग्ने बताए।
१३० औँ संस्करणको लागि सुनिल सिंह हमालले निमन्त्रणा दिदै भने आगामी सोमबार, साउन ५ गते साँझ ७:०१ बजे आयोजना हुने १३०औँ संस्करणको महाआरतीलाई हरित महोत्सवको रूपमा मनाउने तयारी भएको हमालले जानकारी दिए।
आयोजक समितिले सम्पूर्ण भक्तजनहरूलाई सामूहिक भक्तिभावका साथ सहभागी भई यो चाडपर्वलाई स्वागत र सम्मान गर्न हार्दिक निमन्त्रणा गरेको छ।”माता बागेश्वरी र भोलेनाथको कृपाले सबैको कल्याण होस्, सबैको जय होस्!” भन्दै आयोजकले शुभ रात्री र शुभ सपनाको कामना गरेका छन्।
हरित अभियान र धार्मिक उत्सवको सङ्गम यो महाआरतीले र हरितले धार्मिक उत्सव र वातावरण संरक्षणको सन्देशलाई एकसाथ प्रवाह गर्ने उद्देश्य राखिएको हमालले बताए।
भक्तजनहरूले माता बागेश्वरीको कृपाले आध्यात्मिक र पर्यावरणीय सन्देश बोकेको यो कार्यक्रममा सहभागी हुन सबैलाई आयोजकले अनुरोध गरेको छ।
१२९ औं हुनुपर्नेमा १३० औं लेखिन गएकोमा क्षमाप्रार्थी छौं भूल सुधार गरिएको छ।
