शान्ति र सद्भावको नयाँ नजीर पेश गर्दै , नेपालगञ्जमा मोहर्रम पर्व सम्पन्न

संवाददाता
संवाददाता

२३ असार २०८२ सोमबार 

बाँके, नेपालगञ्ज ।

मुस्लिम समुदायकाे माेहर्रम पर्व हिजाे असार २२ गते नेपालगञ्जमा अत्यन्तै शान्तिपूर्ण मर्यादित र अनुशासित वातावरणमा सम्पन्न भएकाे छ।

यस वर्षको विशेषता के रह्यो भने 

पूर्वका वर्षहरूमा “सद्भावका नाममा फाेटाे सहितकाे टाँगिने ब्यानर संस्कृति” हरायो। तर त्यो ब्यानर बिना नै, मोहर्रम पहिलेभन्दा अझ धेरै शान्त, अझ सभ्य, समुन्नत, सशक्त र भावनात्मक रुपमा सम्पन्न भएको मोहम्मद आरिफ अन्सारीले बताए ।

यसबाट स्पष्ट हुन्छ — साँचो सद्भाव कागजको टाँगिएको ब्यानरमा होइन, समुदायको आन्तरिक समझदारी र प्रशासनको जिम्मेवार संयोजनमा हुन्छ। यस वर्षको मोहर्रम त्यो उदाहरण बन्न सफल भएको अन्सारीले भने ,

जिल्ला प्रशासन र प्रहरी प्रशासनले सुरक्षा र सहकार्यको नेतृत्व अत्यन्तै प्रभावकारी ढंगले सम्हाले। जिल्ला प्रशासन र सुरक्षा संयन्त्रको संयमित भूमिका, सक्रिय उपस्थिति र सटीक व्यवस्थापनको उच्च प्रशंसा गर्न चाहन्छौं।

नफरतों के शहर में मोहब्बतों की रीत जगी,
बिना बैनर के भी अमन की तस्वीर बनी।”

हामी सबै समुदायको समझदारी, सहिष्णुता र संयमता प्रति आभार प्रकट गर्दछौं। सहिष्णुता, समझदारी र सहअस्तित्वको यो भावनाले नेपालगञ्ज फेरि एकपटक शान्ति र सद्भावको शहर बनेर चिनियो उनले भने,

 

नेपाल प्रेस इन्स्टिच्यूट (NPI)–नेपालगञ्ज तथा भेरी एफएम 105.4 मेगाहर्ज को प्रमुख म माेहम्मद आरिफ अन्सारीकाे तर्फबाट सामाजिक संजाल मार्फत शान्तिपूर्ण पर्व सम्पन्न गराउने सम्पूर्ण सुरक्षा निकाय, प्रशासन, समुदाय र स्थानीय तहलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन।

Leave a Comment

सम्बन्धित खबर