
मेराज सलमानी / २२ असार २०८२ आइतबार

नेपालगञ्ज, बाँके — नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का बासिन्दा इरशाद अली शेखले स्थानीय ४० वर्षीया महिला समा शेखमाथि कुटपिट गरेको आरोप लागेको छ। घटना २०८२ असार २२ गते, बिहान करिब ९:३० बजे चौलिक्का नजिक भएको हो।
पीडित समा शेखको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। प्राप्त तस्बिरमा स्पष्ट देखिन्छ कि टाउकोको भागमा गहिरो चोट लागेका कारण सिलाइ गर्नुपरेको छ। स्वास्थ्यकर्मीहरूले चोट गम्भीर भएको जनाएका छन्।

प्रत्यक्षदर्शीका अनुसार व्यक्तिगत विवादका कारण आक्रोशित बनेका इरशादले महिलामाथि हातपात गरेका थिए। घटनापछि स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गर्दै पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासनसँग माग गरेका छन्।

हालसम्म पीडित पक्षबाट प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी आएको छैन, तर अनुसन्धान प्रक्रियामा अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
मानव अधिकारकर्मी तथा महिला अधिकार संस्थाहरूले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
